इजरायलमा राष्ट्रव्यापी हडताल
तेल अभिभ । इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो ।
हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो ।
तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् ।
तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।
१ सय १ जनामध्ये ९७ जनालाई अक्टोबर ७ मा गरिएको हमलाको दौरान बन्धक बनाइएको थियो । ४ जना भने त्योभन्दा अघि नै हमासको कब्जा रहेका थिए । यसमध्ये पनि २ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको प्रधानमन्त्री कार्यालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण