नागरिकता बोकेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगे प्रकाश तामाङ
काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भोजपुरबाट नागरिकता प्रमाणपत्र पाएलगत्तै काठमाडौँ आएका प्रकाशले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिरसहितको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि ।'
तामाङले केही दिनअघि नागरिकता प्रमाणपत्र पाएका थिए । भेटका क्रममा तामाङले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।
पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा प्रकाशलाई भेटेसँगै उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण