मन्त्री आरजुको भारत भ्रमणलाई सुवालले लेण्डुप दोर्जेसँग जोडे
मङ्गलबार, १८ भदौ २०८१, ११ : ३८

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् ।
उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो सरह स्वागत गरेको भनेर चर्चा भएपनि लेण्डुप दोर्जेको घटना बिर्सन नमिल्ने बताएका हुन् ।
संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद सुवालले भने, ‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री सरह स्वागत गरेको भनेर चर्चा गरिएको छ । तर, हामीले बिर्सनु हुन्न कि लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको कुरा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ