भारतसँग एयर रुट मिलाउन टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ : आरजु राणा
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् । सो क्रममा उनले आफ्नो भारत भ्रमण गिडविल भिजिट भएको प्रस्ट पारिन् । भ्रमणको मुख्य उद्देश्य दुईपक्षिय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको उनले बताइन् ।
भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको उनले बताइन् । पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।
भ्रमणको क्रममा इपीजीबारे कुनै कुरा नभएको उनले प्रस्ट पारिन् । यो विषयमा उपयुक्त समयमा छलफल हुने उनको भनाइ थियो ।
बङ्गलादेशसँग व्यापारको कुरा पनि उठिरहेको उल्लेख गर्दै उनले २ दिन अघिमात्र त्यहाँका राजदूत पनि छलफल भएको समितिमा जानकारी गराइन् ।
राजदूत नियुक्ति समावेशी नभएको स्वीकार गर्दै उनले रिक्त रहेको एक स्थानमा मधेसबाट सहभागी गराउन प्रयासरत रहेको बताइन् । दलित तथा मुस्लिम समुदायबाट सिफारिस हुन नसकेकोमा उनले माफी समेत मागिन् । अर्को पटक यस्ता विषयमा ध्यान दिने उनको भनाइ थियो ।
भारतमा शङ्कर शर्मालाई कार्यदक्षताको आधारमा राजदूत सिफारिस गरिएको समेत उनले बताइन् । राजदूत नियुक्ति निर्देशिका नै संशोधन गर्नुपर्ने देखिएको भन्दै उनले यसबारे समितिले पहल गर्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण