भारतसँग एयर रुट मिलाउन टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् । सो क्रममा उनले आफ्नो भारत भ्रमण गिडविल भिजिट भएको प्रस्ट पारिन् । भ्रमणको मुख्य उद्देश्य दुईपक्षिय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको उनले बताइन् ।
भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको उनले बताइन् । पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।
भ्रमणको क्रममा इपीजीबारे कुनै कुरा नभएको उनले प्रस्ट पारिन् । यो विषयमा उपयुक्त समयमा छलफल हुने उनको भनाइ थियो ।
बङ्गलादेशसँग व्यापारको कुरा पनि उठिरहेको उल्लेख गर्दै उनले २ दिन अघिमात्र त्यहाँका राजदूत पनि छलफल भएको समितिमा जानकारी गराइन् ।
राजदूत नियुक्ति समावेशी नभएको स्वीकार गर्दै उनले रिक्त रहेको एक स्थानमा मधेसबाट सहभागी गराउन प्रयासरत रहेको बताइन् । दलित तथा मुस्लिम समुदायबाट सिफारिस हुन नसकेकोमा उनले माफी समेत मागिन् । अर्को पटक यस्ता विषयमा ध्यान दिने उनको भनाइ थियो ।
भारतमा शङ्कर शर्मालाई कार्यदक्षताको आधारमा राजदूत सिफारिस गरिएको समेत उनले बताइन् । राजदूत नियुक्ति निर्देशिका नै संशोधन गर्नुपर्ने देखिएको भन्दै उनले यसबारे समितिले पहल गर्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप