मन्त्री गुरुङलाई आईजीपीबारेको अभिव्यक्ति फिर्ता लिन आग्रह
काठमाडौँ । नेपाल पूर्व प्रहरी संगठनले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रहरी महानिरीक्षकविरुद्ध दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।
नेपाल सरकारको प्रवक्तासमे रहेका मन्त्री गुरुङले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको 'जिब्रो थुत्नु पर्छ भन्ने असभ्य शब्द प्रयोग गरी बोलेको कुरा मिडियामा आएकोबारे संगठनले ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यवाहक अध्यक्ष रहेका पूर्वअतिरिक्त महानिरीक्षक रूपसागर मोक्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका जिम्मेवार व्यक्ति सञ्चार मन्त्रीबाट यस प्रकारको अशोभनीय शब्द प्रयोग गरी सुरक्षा प्रमुख प्रहरी महानिरीक्षकज्यूको मानमर्दन हुने गरी गालीगलौजको स्तरमा झरी विचार पोख्नु कुनै पनि हालतमा उचित मान्न सकिँदैन । कुनै खास विषयमा असहमति हुन सक्दछ, सभ्य तरिकाले असहमति, विचार व्यक्त गर्न सक्ने अधिकार सबैलाई छ भन्ने यहाँ उल्लेख गरिरहन पर्दैन ।’
विज्ञप्तिमा प्रहरी महानिरीक्षक मात्र नभई सुरक्षा निकाय प्रमुख समेतको मनोबल गिराउने गरी गालीगलौजको रूपमा प्रयोग भएका शब्दहरू मन्त्रीले तत्काल फिर्ता लिन आग्रह गरिएको छ ।
_KnIbLWNC9S.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण