प्रमुख प्रशिक्षकको भूमिकामा राजस्थान रोयल्स फर्किए राहुल द्रविड
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वप्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब राजस्थान रोयल्समा आबद्ध हुने भएका छन् । भारतलाई आईसीसी टी–२० विश्वकपको उपाधि जिताएलगत्तै द्रविडले राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदबाट बिदा लिएका थिए ।
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आईपीएलको आगामी संस्करणका लागि निकट भविष्यमा मेगा अक्सन हुँदैछ । त्यसअघि नै द्रविड राजस्थान रोयल्समा आबद्ध हुने समाचार बाहिरिएको हो ।
द्रविडले राजस्थान रोयल्समा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार, द्रविडले राजस्थान रोयल्ससँग सम्झौतासमेत गरिसकेका छन् । क्लबले द्रविडसँग आगामी सिजनका लागि रिटेन गर्ने (क्लबमै राख्ने) खेलाडीको विषयमा समेत छलफल गरेको बताइएको छ ।
द्रविड र राजस्थान रोयल्सका कप्तान सन्जु सामसनबिच निकै पुरानो सम्बन्ध रहेको छ । द्रविडलाई भित्राउन सामसनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । राजस्थान रोयल्स र द्रविडबिच पनि निकै पुरानो सम्बन्ध रहेको छ ।
सन् २०१२ र सन् २०१३ सिजनको आईपीएलमा द्रविड राजस्थान रोयल्सका कप्तान थिए । त्यसपछि सन् २०१४ र सन् २०१५ सिजनमा द्रविडले राजस्थान रोयल्समा निर्देशक र मेन्टरको भूमिका पनि निर्वाह गरेका थिए ।
त्यसपछि सन् २०१६ मा द्रविड अर्को आईपीएल क्लब दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा आबद्ध भएका थिए । भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघिसम्म द्रविड दिल्लीमै आबद्ध थिए । उनी सन् २०२१ मा भारतीय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण