न्युयोर्क गभर्नरका पूर्वसहयोगीमाथि चीन सरकारको एजेन्ट बनेको अभियोग
वाशिङ्टन डीसी । न्युयोर्कका दुई जना गभर्नरको पूर्व सहयोगीलाई अमेरिकामा चीन सरकारको एजेन्ट बनेर काम गरेको अभियोग लागेको छ । चीन सरकारको गैरकानुनी एजेन्टको रूपमा काम गरेको अभियोग लिन्डा सनमाथि लगाइएको हो ।
न्युयोर्क राज्यको सरकारमा उनी कयौँ पदमा आसीन रहेर काम गरेकी थिइन् । उनले गभर्नर क्याथी होचुलको डेपुटी चिफ स्टाफ र पूर्व गभर्नर एन्ड्रिउ कुओमोको पालामा डेपुटी डाइभर्सिटी अफिसको रूपमा पनि काम गरेकी थिइन् ।
मंगलबार बिहान लङ्ग आइल्यान्डस्थित घरबाट सुन र उनको श्रीमान् क्रिश हुलाई पक्राउ गरिएको हो । चीन सरकारको अनुरोधमा सनले ताइवानी सरकारका प्रतिनिधिहरूलाई गभर्नरको कार्यालयमा पहुँच बनाउन नदिएको र न्युयोर्कको सरकारी सन्देशलाई चीन सरकारको प्राथमिकताअनुसार बनाएको संघीय सरकारका वकिलहरूको आरोप छ । यसको सट्टामा सनको श्रीमानले चीनमा व्यवसायका लागि मद्दत लिएको अभियोगमा भनिएको छ ।
यस व्यवसायबाट आएको पैसा हु दम्पतीले न्युयोर्कको म्यानहासेतमा लाखौँ डलरको सम्पत्ति किन्न, हवाईमा १९ लाख डलरको अपार्टमेन्ट खरिद गर्न र फरारीसमेत कयौँ विलासी कार किन्न खर्चेको अभियोगमा उल्लेख गरिएको छ । यी आरोपहरू सत्य साबित भएमा चिनियाँ अधिकारीहरूले न्युयोर्क राज्य सरकारमा झन्डै एक दशकसम्म उच्च स्तरमा प्रभावित पारेको पुष्टि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण