लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने
बुटवल । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बस्ने भएको छ । सो दिन लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
सो बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।
यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेशसभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण