सुदूरपश्चिमको पर्यटन विकासमा सरकार गम्भीर छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।
बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए ।
उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ ।’
मन्त्री पाण्डेले नेपालमा पाँचसय भन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता, संस्कृति, भेसभुसा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।
संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकताका आधारमा अघि बढ्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण