राज्यव्यवस्था तथा सुशासन समिति
प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग
बिहीबार, २० भदौ २०८१, १२ : ३०
१
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् ।
बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाइन् ।
उनले नगरपालिकाको मेयरको राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै प्रश्न गरिन् । राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ मागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण