पारस खड्सका सहभागी हुने लिजेन्ड्स लिगको खेल तालिका सार्वजनिक
काठमाडौँ । भारतमा यसै वर्ष आयोजना हुने लिजेन्ड्स लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यो सिजनको लिजेन्ड्स लिगको पहिलो खेल सेप्टेम्बर २० तारिखमा जोधपुरस्थित बरकतुल्लाह खान स्टेडियममा खेलिने छ ।
लिजेन्ड्स लिगको यो तेस्रो संस्करण हो । प्रतियोगिताको पहिलो खेलमा हरभजन सिंहको टोली मणिपाल टाइगर्स र इरफान पठानको टोली कोणार्क ओडिशाबिच भिडन्त हुनेछ । यो सिजनको प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताका क्रममा कुल २५ खेल खेलाइने बताइएको छ । प्रतियोगिताको फाइनल खेल भने अक्टोबर १६ तारिखमा खेलिने छ । विश्वभरका दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने यो प्रतियोगिताका खेलहरु जोधपुर, सुरत र जम्मुमा पनि खेलाइने छ ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि लिजेन्ड्स लिग खेल्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव समेत रहेका पारसलाई १२ लाख ५० हजार भारतीय रुपैयाँमा अक्सनमा गुजरातले खरिद गरेको हो । गुजरातले आफ्नो पहिलो खेल मणिपाल टाइगर्ससँग २२ सेप्टेम्बरमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण