नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमण : नेपालले श्रीलंका स्क्वाडलाई दियो १६० रनको लक्ष्य
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो एकदिवसीय अभ्यास खेलमा शुक्रबार श्रीलंका डेभलपमेन्ट स्क्वाडलाई जितका लागि एक सय ६० रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमै अलआउट हुनुअघि एक सय ५९ रन बनाएको हो ।
हाल नेपाली क्रिकेट टोली श्रीलंका भ्रमणमा छ । तेस्रो खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान गरे । उनले ५० बलको सामना गरी उक्त रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेख भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान अनिल साह तीन र चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोरा ६ रन बनाउँदै आउट भएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले ३३ बलको सामना गरी टोलीको खातामा २० रन थपे ।
यसैगरी, छैटौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीका लागि ५५ बलमा ३५ रनको योगदान गरे । गलुशन झाले पाँच र सोमपाल कामीले दुई रन बनाए । यो खेलमा सोमपाल कप्तानको भूमिकामा रहेका छन् ।
लगातारको वर्षाका कारण यसअघि मंगलबार र बुधबार खेल्ने भनिएको क्रमशः पहिलो र दोस्रो खेल रद्द भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा नेपाली टोली श्रीलंका भ्रमणमा गएको हो ।
क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । नेपाली टोलीले लामो समयदेखि एकदिवसीय ढाँचाको प्रतियोगिता खेलेको छैन । यसबिचमा नेपाली टोलीले टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण