म्यान्मारमा हवाई आक्रमण : ११ सर्वसाधारणको मृत्यु
बैंकक । म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ । सो आक्रमणमा ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् ।
“सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गर्यो”, ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) का ल्वे याय ऊले भने । उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भए । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ ।
नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकूहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइेत एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो ।
एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखानपरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण