बालकको मृत्युपछि क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध
शुक्रबार, २१ भदौ २०८१, २१ : २६
बैतडी । बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन् । आज सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले आज साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्द पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
वसन्तको आज दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण