पर्वहरूले एकता र सद्भाव कायम गर्छ : महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले धार्मिक तथा सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा एकता र सद्भाव कायम गर्न सहयोग पुर्याइ रहेको बताएका छन् ।
चेपाङ समुदायले मनाउने छोनाम (न्वागी ) पर्व तथा नेवाले मनाउने चथा नखः को अवसरमा शुभकामना दिँदै संयोजक महतोले यस पर्वले सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने उल्लेख गरेका छन् ।
उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास रहेको छ ।’
चेपाङ समुदायको यो राष्ट्रिय धार्मिक पर्व हरेक वर्ष भदौ २२ मा मनाउने चलन छ । त्यस्तै नेवा: राष्ट्रले आजको दिनलाई चथा नखः भनेर मनाउने गर्दछ । चथा नखः लाई गणेश चौथी पनि भन्ने गरेको संयोजक महतोले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण