हंगेरीमाथि जर्मनीको गोल वर्षा
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जित दर्ता गरेको हो ।
समूह ३ मा रहेको जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए ।
२७ औँ मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकोलस फुलक्रुगले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरू ४ गोल थपेको थियो ।
५७ औँ मिनेटमा विट्जको पासमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औँ मिनेटमा गरेको थियो ।
मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औँ मिनेटमा मुसियालाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।
८१ औँ मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।
यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण