अवैध सामानसहित ३ जना पक्राउ
आइतबार, २३ भदौ २०८१, १२ : ४६
काठमाडौँ । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का लागि चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय र ४६ वर्षीय राज कुमार घोस रहेका छन् ।
कुल २९ लाख बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण