सिराहाबाट २९० किलो गाँजा बरामद
आइतबार, २३ भदौ २०८१, १४ : ४९
सिराहा । सिराहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आइतबार दुई सय ९० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाइराखेको अवस्थामा रहेको १९ पोकामा रहेका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो । यसअघि गत शुक्रवार पनि दुई क्विन्टल १७ किलो गाँजा बरामद भएको थियो ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण