भदौमा आलु बालीको बीउ रोप्न नार्कको सुझाव
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न सुझाएको छ । कृषि बुलेटिन सार्वजनिक गर्दै नार्कले खुमल सेतो –३, खुमल रातो–४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको स्वस्थ बीउ आलु रोप्न सुझाएको हो ।
यस्तै नार्कले बालीनालीमा रासायनिक विषादीको प्रयोग गर्दा सकेसम्म हरियो र नीलो लेबल भएको विषादी प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्न भनेको छ । कडा घाम लागेको, धेरै हावा लागेको र पानी परिरहेका बेलामा विषादी नछर्कन समेत नार्कले सुझाएको छ । विषादी छर्कने बेलामा व्यक्तिगत सुरक्षा उपकरणहरू जस्तै– मास्क, पन्जा, चस्मा, बुट, एप्रोनको प्रयोग गर्न, विषादी छर्कँदाछर्कँदै अघि नबढ्न र पछि सर्दै आउन समेत नार्कले सुझाएको छ ।
यस्तो छ साताको कृषि बुलेटिन
-धान बालीमा मरुवा रोगको प्रकोप कम गर्न सिफारिस मात्राभन्दा बढी युरिया मल प्रयोग नगर्नुहोस् । यो रोग देखिएमा बीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०–१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरू भिज्नेगरि छर्केर उपचार गर्नुहोस् ।
-अम्बामा गुटी विधिबाट प्रसारण गर्न उपयुक्त समय भएकोले पानी नपरेको समय पारेर गुटी बाँध्नुहोस् ।
-सुन्ताला जात फलफूलको बोटमा क्यांकर रोगको व्यवस्थापनको लागि कपर अक्सिक्लोराईड ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नुहोस् ।
-आँपमा इनार्चिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता ( ८०–९० प्रतिशत ) कायम गर्नुहोस् ।
-बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस् ।
-उखुको पातको फड्के किराको प्रकोप व्यवस्थापनको लागि पानी निकासको व्यवस्था मिलाउनुका साथै रोगी बोटको तल तलका खुकुला, पुराना सुकेका पातहरू हटाउनुहोस् । प्रकोप ज्यादा भएमा वनस्पतिजन्य विषादी डेरिसोम २% इ.सी २ एमएलप्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्कनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण