उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा
काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजानेबारे छलफल भएको थियो । सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मंगलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यसबारे आफूले भर्खरै सूचना पाएको भन्दै उनले थप अध्ययन गरेर संसद् बैठकमा पनि कुरा उठाउने उनले बताए ।
‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ । यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ । थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा फ्रन्टलाइनमा कुरा उठाउँछौँ’, उनले भने ।
यसअघि उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् । यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण