पत्रकार महासंघबारे पूर्वअध्यक्षहरूको चासो
मङ्गलबार, २५ भदौ २०८१, २० : ३२
काठमाडौँ । अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि अनिश्चित बनेको नेपाल पत्रकार महासंघको निर्वाचनबारे महासंघका पूर्वसभापति/अध्यक्षहरूले चासो राखेका छन् ।
महासंघले तेस्रो पटक प्रस्ताव गरेको असोज ५ गतेको निर्वाचन अनिश्चित बनेको बेला मंगलबार भएको छलफलमा विकसित घटनाक्रमप्रति उनीहरूले चासो र चिन्ता राखेका हुन् ।
उनीहरूले महासंघ नेतृत्वले आवश्यक ठानेको सहयोग गरी संकट टार्न लाग्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा महासंघका पूर्वसभापति डा. सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, महेन्द विष्ट र गोविन्द आचार्य सहभागी थिए ।
एक सहभागीका अनुसार, झा नेतृत्वको महासंघको अध्यक्षमण्डललाई संकट हल गर्न भनिएको र महासंघले अनुरोध गरे आवश्यक सहयोग गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण