गण्डकी प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
पोखरा । लामो समय सत्ता समीकरणको उलटफेरका कारण रोकिएको गण्डकीको संसद् बैठक आजबाट नियमित चल्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले आज २ बजेका लागि बैठक बोलाएका छन् ।
असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन् । संसद् बैठकमा महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पनि पेस हुनेछ ।
यस्तै, संसदमा यसअघि नै टेबुल भैसकेको जीवनाशक विषादी व्यवस्थापन विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार र मर्मत सम्भार गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ ।
आजकै संसद् बैठकमा २ वटा विधेयकहरू टेबुल हुनेछन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्ने विधेयक र केही प्रदेश ऐन संशोधन विधेयक सभामा पेस हुने संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण