सरकारले आज १० अर्ब आन्तरिक ऋण उठाउँदै
बुधबार, २६ भदौ २०८१, १२ : २४

काठमाडौँ । सरकारले विकास ऋणपत्र २०८४ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ३ वर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो ।
विकास ऋणपत्रका लागि आज अपराह्न ३ बजेसम्म आवेदनको समय तोकिएको छ । भोलि, बिहीबार बोलकबोलमार्फत निष्कासन हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यसमा आवेदन दिन सक्नेछन् । कम्तीमा ५ लाखको ऋणपत्र खरिद गर्न सकिने कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइने छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रको २०८४ भदौ २६ गते साँवा भुक्तानी हुनेछ । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो