सरकारले आज १० अर्ब आन्तरिक ऋण उठाउँदै
बुधबार, २६ भदौ २०८१, १२ : २४
काठमाडौँ । सरकारले विकास ऋणपत्र २०८४ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ३ वर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो ।
विकास ऋणपत्रका लागि आज अपराह्न ३ बजेसम्म आवेदनको समय तोकिएको छ । भोलि, बिहीबार बोलकबोलमार्फत निष्कासन हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले यसमा आवेदन दिन सक्नेछन् । कम्तीमा ५ लाखको ऋणपत्र खरिद गर्न सकिने कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइने छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रको २०८४ भदौ २६ गते साँवा भुक्तानी हुनेछ । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण