भियतनाममा समुद्री आँधीमा मर्नेको सङ्ख्या १२७ पुग्यो
हानोई । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ । अरू ५४ जना बेपत्ता छन् । यागीका कारण शनिवारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ ।
देशका कयौँ हिस्सामा पहिरो पनि गइरहेका छन् । उत्तरी भियतनाममा बाढीले घरहरू डुबानमा पर्दा हजारौँ मानिस घरको छानामा उद्धारको पखाईमा बसिरहेका तस्बिरहरू अनलाइन र सामाजिक सञ्जालभरि आइरहेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोग माग्दै पोस्ट पनि गरिरहेका छन् ।
यागी भियतनाममा गएको ३० वर्षमा गएको सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । यसले खासगरी देशको उत्तरी हिस्सामा उत्पात मच्चाएको छ । सोमबार फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा कयौँ सवारी साधन नदीमा खसेका थिए । आँधी पश्चिमतर्फ सर्ने क्रममा क्षति थप बढ्ने चेतावनी अधिकारीहरूले दिएका थिए ।
आँधी १५० किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढ्दै गइरहेको छ । आँधीका कारण आएको मुसलधारे वर्षाले बाढी र पहिरो निम्त्याउँदा कयौँ पुल र भवनहरू भत्किएका छन् । भियतनाम भन्दा पहिले यो समुद्री आँधीले दक्षिणी चीन र फिलिपिन्समा विध्वंस गरेको थियो । सो आँधीले २४ जनाको ज्यान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण