माओवादीले भन्यो– संविधानको खिलाफ जनयुद्धलाई होच्याउने सभामुखको रुलिङ स्वीकार्य छैन
काठमाडौँ । सभामुख देवराज घिमिरेले माओवादी जनयुद्धलाई हिंसा भनी सदनमा स्थापित गर्ने गरी भएको रुलिङ मान्य र स्वीकार्य नभएको बताएको छ ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते सांसद योगेश भट्टराईले बोल्दा प्रयोग गरेको हिंसा शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेका थिए ।
रुलिङमा आपत्ति जनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले भने‚ ‘यो सदनमा जसरी जनयुद्धलाई होच्याउने गरेर जसरी विषय वस्तु आयो त्यही दिनदेखि भनेका छौँ । सत्ता पक्षबाट अपभ्रंश गरियो । जनयुद्ध जसरी यहाँ सम्म आयो संविधान बनायौँ संविधानमा व्याख्या र टिप्पणी आयो।’
उनले थपे‚ ‘अहिले भएको रुलिङ संविधान र कानुन विपरीत छ । स्वीकार्य छैन । संविधान बाहिर लैजान हुँदैन । यो संविधान कानुन नियम पालन गर्नुपर्ने हो । त्यसकारण सचिवालयले जुन व्याख्या दियो त्यो संविधान अनुकूल छैन हामीलाई मान्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण