ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
काठमाडौँ । कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ ।
सूर्यमानले विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत त्यही अनुसार हुने भन्दै ठगी गर्ने गरेको सीआईबीले जनाएको छ ।
उनले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूको सम्पर्कबाट बाहिर रहने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण