अब चलचित्रकर्मीको अन्तिम संस्कार बोर्डले गर्छ : दिनेश डिसी
काठमाडौँ । चलचित्रकर्मीको अन्तिम संस्कार अब निःशुल्क हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्रकर्मीको अन्तिम संस्कारका लागि निश्चित रकम बोर्डबाट सिधै आर्यघाटमा जाने र त्यसका लागि कसैले पत्रचार गर्नुपर्ने अवस्था समेत नबन्ने बताए ।
चलचित्र कलाकार संघको ३६ औँ वार्षिक उत्सवमा बोल्दै बोर्ड अध्यक्ष डिसीले चलचित्रकर्मीको निधनपछि अन्तिम संस्कारका लागि कलाकारहरूबाटै चन्दा उठाउने परिपाटीको अन्त्य गर्न आफूले यस्तो व्यवस्था गर्न लागेको बताए ।
‘हामी चलचित्रकर्मीलाई सबैभन्दा दुःख मृत्युको बेलामा हुन्छ । अस्ति कलाकार प्रकाश तिमिल्सेना भाइको बेलामा पनि भयो । त्यो बेला पनि म पुगेको थिए’, डिसीले भने ‘स्वदेशी चलचित्रकर्मीहरू आफैमा रजिस्टर हुनेछन् । सबैका डाटाहरू लिइनेछ । उनीहरूको मृत्यु भएको अवस्थामा पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि निश्चित रकम विकास बोर्डबाट सिधै जानेछ ।’ त्यसका लागि चलचित्रकर्मीको धर्म अनुसार रकम कहाँ जाने भने निर्धारण गरिने उनको भनाई थियो ।
डिसीले चलचित्र विकास बोर्डमा आएपछि आफ्नो पहिलो प्राथमिकता चलचित्र नीति निर्माण र लागु गर्नेमा रहेको जानकारी दिए । ‘देशमा ठुला–ठुला परिवर्तन भएका छन् । हामी अझै २०२६को ऐनमा चलिरहेका छौँ’, डिसीले अगाडि भने ‘जति सक्दो छिटो ऐन ल्याउँछु । हामी चलचित्रकर्मीको समस्या ऐनले सम्बोधन गर्छ ।’ चलचित्र क्षेत्रले आफूलाई गाँस, बास र कपास दिएकोले बोर्ड अध्यक्षको पदमा रहँदा यस क्षेत्रका लागि केही गरेरै छोड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण