सेन्ट जेभियर्स कलेजमा समाचार लेखनसम्बन्धी कार्यशाला
काठमाडौँ । रिपोर्टिङको गुणस्तरका लागि लेखन सीपको अभिवृद्धिको आवश्यकतालाई प्राथमिकता राख्दै सेन्ट जेभियर्स कलेजले २ दिने समाचार लेखन कार्यशाला सुरु गरेको छ ।
बुधबार उद्घाटन गरिएको कार्यशाला संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन, युनेस्को नेपालको सहकार्यमा सेन्ट जेभियर्स कलेजका साथै रत्नराज्यलक्ष्मी क्याम्पस, मदन भण्डारी मेमेरियल, नमुना मच्छिन्द्र, नेपाल कमर्स क्याम्पस लगायतका सरकारी तथा सामुदायिक कलेजका गरि पत्रकारिता पढ्ने कुल २७ विद्यार्थीहरूको सहभागिता रहेको छ ।
समाचार लेखन कार्यशालाको उद्घाटन सत्रमा पत्रकारिता संकायका प्रमुख तथा लेखन कार्यशाला संयोजक चुनबहादुर गुरुङले विगत ३ वर्षसम्म सफल रुपमा आयोजना भएको कार्यशालाको स्मरण गर्दै यो कार्यशाला पनि प्रभावकारी रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा गरिएको बताए ।
तालिमको उद्घाटन गर्दै सेन्ट जेभियर्स कलेजकी कार्यवाहक प्रधानाध्यापक सलुजा चन्दले यस कार्यशाला जस्ता पाठ्यक्रमहरू शिक्षण–सिकाइमा महत्त्वपूर्ण रहेकाले विद्यार्थीहरूलाई अनुभवका साथै बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्ने र उनीहरूलाई दक्ष पत्रकारका साथै विचारशील सञ्चारकर्मी बन्न मद्दत गर्ने अपेक्षा रहेको बताइन् ।
तालिमका क्रममा अन्तर्राष्ट्रिय जानकार लुइसा कमल (लेस्ले जुनलाकन) ले शिक्षकको रूपमा आफूले लामो समयसम्म मार्गदर्शनको कार्य गरेकाले यो कार्यशालाले सही र खराब शब्द तथा वाक्यको सिकाइले पत्रकारिताको विद्यार्थीहरूलाई उत्कृष्ट दिशा र मापदण्डको बारेमा जानकारी दिने उल्लेख गरिन् ।
तालिमका क्रममा द न्यूयोर्क टाइम्सका पत्रकार भद्र शर्माले अन्तरक्रियात्मक र व्यावहारिक माध्यमद्वारा लेखनमा जोड दिए। शर्मामा साथै अन्तर्राष्ट्रिय लेखक तथा भाषा जानकार लुइसा कमल, वरिष्ठ सञ्चार विशेषज्ञ नरेश नेवार लगायतले कार्यशालामा विद्यार्थीहरूलाई प्रेस विज्ञप्ति लेखन, सम्पादकलाई समाचार लेखको अवधारणा कसरी पिच गर्ने, पत्रकारितामा आर्टिफिसियल ईन्टेलिजेन्स लगायतका विषयमा तालिम प्रदान गदैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण