संसदीय सुनुवाइ
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइः १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
बिहीबार, २७ भदौ २०८१, १२ : १२
काठमाडौँ । स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा नेपालले आफ्नो कार्ययोजना पेस गरेका छन् ।
१५ पृष्ठ लामो कार्ययोजनामा उनले आफ्नो सामान्य परिचयसहित संसदीय सुनुवाइबाट अनुमोदन भएमा राजदूतका रूपमा गर्ने कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका छन् ।
राजदूतका रूपमा राजनीतिक र कूटनीतिक सम्बन्ध विस्तार गर्ने, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिमा ध्यान दिने, व्यापार प्रवर्द्धन गर्ने, स्पेनमा रोजगारीका लागि पहल गर्नेलगायत उनको कार्ययोजनामा उल्लेख छ।
संसदीय सुनुवाइ समितिमा आएका १७ प्रस्तावित नाममध्ये शनिलको १४ औँ नम्बरमा संसदीय सुनुवाइ भएको हो।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण