राजनीति
मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण
बिहीबार, २७ भदौ २०८१, २३ : ३१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ ।
भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि अभिव्यक्ति दिएको भन्दै बिहीबार महासचिव घनश्याम भूसालले स्पष्टीकरण सोधेका हुन् ।
यस्तै चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिएको स्पष्टीकरणमा उल्लेख छ । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।
‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण