संसद् अवरोध गरे माओवादीलाई क्षति हुन्छ‚ पुनर्विचार गर्नुहोस् : मुख्य सचेतक बर्तौला
काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले सभामुखले रूलिङ गरेको हिंसा शब्दलाई लिएर नेकपा माओवादीले संसद् अवरोध गरे त्यसको क्षति माओवादीलाई हुने चेतावनी दिएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले उनले नियमापत्तिको विषयमा निर्णय गर्ने अधिकार सभामुखलाई भएको बताए । उनले हाउसलाई चलाउने अधिकार कसलाई हो भन्ने प्रश्न पनि गरे ।
‘निर्णय गर्ने अधिकार सभामुखलाई छ । सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादीले हाउस चल्न निदेन बेठिक छ‚’ उनले भने‚ ‘हिंसा शब्द लिएर बैठक अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथीको निष्ठा प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ।’
भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेका थिए । जसको विरोध माओवादीले गरिरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण