आफ्नै चरित्रका कारण एमालेलाई अपूरणीय घाटा : सुदन किराती
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले आफ्ना चरित्रका कारण एमालेलाई ठुलो घाटा भएको दाबी गरेका छन् । माओवादी जनयुद्धलाई अपमान गरेर जुन चरित्र देखाए, त्यसबाट घाटा एमालेलाई नै भएको किरातीले दाबी गरेका हुन् ।
‘संसदमा एमालेले चरित्र प्रदर्शन गरेका छन्, यसले उहाँहरूलाई नै घाटा छ । अपूरणीय घाटा एमालेलाई भएको छ । जसरी उहाँहरूले आफ्नो स्तर गरिमामय संसदमा देखाइसक्नुभएको छ’, घाटा उनीहरूले व्यहोरिसकेकै छ । आफ्नो चरित्र सुधार नगरेसम्म योजनाबद्ध ढङ्गले हामी संसदमा प्रस्तुत हुन्छौ । यो दलको निर्णय हो ।’
भदौ १२ गते एमालेका सांसद तथा सचिव योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेर टिप्पणी गरेका थिए । भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका माओवादी सांसदहरू उक्त शब्द संसद्को रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका थिए । प्रमुख प्रतिपक्ष सांसदले उठाएका विषयमा छानबिन गरी निर्णय लिन घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।
भदौ २६ गते बसको संसद् बैठकमा उनले ‘हिंसा’ शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीका सांसदहरू थप आक्रोशित भएका थिए । त्यसपछि एमाले र माओवादी सांसदबिच भिडन्तको स्थिति देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए । आइतबार १ बजे बस्ने बैठक सञ्चालन गर्न उनले सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर दुवै पक्षबिच सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण