‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रीय कार्यशाला तथा ११औँ साधारण सभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरूले, कृषकका मर्म बुझेकाहरूले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुहुने किसानहरूले, कृषकका मर्म बुझ्नु भएकाहरूले उहाँहरूले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’
साथै उनले किसानको उन्नति हुन्न नहुञ्जेल देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरूलाई व्यवस्थित गर्न लागेको बताए ।
उनले भने, ‘जबसम्म किसानको उन्नति हुन्न, जबसम्म कृषकहरूलाई अगुवा बनाउँदैनौँ तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरूमा त्यस्तो नहोला, आम रूपमा । त्यो पनि एसियाका देशहरू कृषि मै आधारित छौँ । कृषकहरूमा एक आपसमा सम्बन्ध जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरू अन्यत्र लान्छौँ, अन्यत्रका यहाँ ल्याउँछौँ । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौँ । अहिले नेपाल सरकारले जनतालाई आधारभूत रूपमा खाद्य सम्प्रभुता अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरूको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरूलाई व्यवस्थित गर्न लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण