रुसी सेनाको सङ्ख्या १ लाख ८० हजारले बढाउन पुटिनले दिए आदेश
मङ्गलबार, ०१ असोज २०८१, ११ : १७
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् ।
योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा पुग्नेछ । यो भनेको चीनपछि विश्वमै दोस्रो सबैभन्दा ठुलो सेना हुनेछ । चीनको सक्रिय सेना २० लाख छ ।
सन् २०२२ को सुरुमा युक्रेनसँग युद्ध छेडिएयता रुसले सेनाको सङ्ख्या बढाउन लागेको यो तेस्रो पटक हुनेछ । यो वृद्धिपछि रुसको कूल सेनाको सङ्ख्या भने झन्डै २४ लाख हुनेछ ।
पुटिनले रुसी सशस्त्र बलको कूल सङ्ख्या २३ लाख ८० हजार पुर्याउन आदेश दिएका छन् । यीमध्ये सक्रिय सेनाको सङ्ख्या १५ लाख हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण