सुदूरपश्चिम प्रदेश : अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।
प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए ।
यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ ।
गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो ।
तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालन आएको थियो ।
सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष२०८१/८२को बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
-
काठमाडौँका डेन्टल अस्पताल अनुमतिविनै सञ्चालन, अदक्ष जनशक्ति प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण