सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

इटहरीमा सुरु भयो विद्युतीय नगर बस

बुधबार, ०२ असोज २०८१, ०९ : २०
बुधबार, ०२ असोज २०८१

इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आजदेखि ४ वटा विद्युतीय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निःशुल्क बस सञ्चालन गरिएको हो । 

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण  पौडेलले आज नगर बसमा चढेर विभिन्न वडाहरूको अवलोकन गरे । पत्रकार सम्मेलन गर्दै  नगर बस सञ्चालनमा आउने जानकारी दिए। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधारण उत्साहित भएको बताए ।

ग्रामीण भेगमा बस्ने जनतालाई सहरसँग जोड्ने उद्देश्यले बस सञ्चालनमा ल्याएको बताए । तिस वर्ष देखिको इटहरीको सपना आफूले पुरा गरेको मेयर पौडेलको भनाई थियो । नगर बसलाई ठाउँ ठाउँमा सर्वसाधरणहरुले फुल माला लिएर स्वागत गरेका थिए। 

बस नेपालकै अत्याधुनिक र सुविधा सम्पन्न भएको र स्थानीय तहहरू मध्ये यो बस खरिद गर्ने इटहरी उपमहानगर पहिलो हो । अपाङ्ग मैत्री बस भएको भन्दै शारीरिक अपाङ्गता भएकाहरू समेत उत्साहित भएका छन् ।

nagar bus2

नागरिकलाई सहुलियतपूर्ण ढङ्गमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रु. २० तोकिएको र बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक)देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं।.१६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवस पोखरेलले जनाए ।

nagar bus3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप