गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइयो
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
उपप्रधान एवं सहरी विकास मन्त्री सिंह पुत्र प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्ष भन्दा बलामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको बताए ।
‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कु गरेपछि प्रजातन्त्र पुनर्स्थापना लागि नेतृत्व गरेको नेताका रूपमा हामी गणेशमान सिंहलाई सम्झन्छौँ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा उहाँले राणा र पञ्चायतका बेला१५ वर्ष जेल र अर्को १५ वर्ष निर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्ता सम्पन बनाउन, अधिकार सम्पन्न बनाउन उहाँको प्रतिबद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौँ ।’
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेका थिए । उनले अहिले राजनीतिमा कुर्सीको होड चलिरहेपनि गणेशमान सिंहले आफलाइ नभई देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवजीबाट सिक्न सकिने बताए । प्रजातन्त्र पुनर्स्थापना सिंहले कांग्रेस नेतृत्वकै सरकारलाई पनि खबरदारी गरेको स्मरण गरे । ‘०४६ पछि प्रजातन्त्र पुरस्थापना सबैको प्रयासले भएको हो । त्यसैले सबैलाई समावेश गर्नुपर्छ । कुनै विशेष वर्षलाई मात्र होइन ४ जात ३६ वर्षको नेपाल हो । नीति निर्माण गर्ने थलो देखि राजनीतिक नियुक्तिमा सम्म राज्यका निकायहरूमा अवसर नपाएकाहरूलाई समावेश गर्नुपर्छ भनेर समावेशिताको कुरालाई त्यतीबेलै जोड दिनुभएको कुरालाई हामीले ख्याल गर्नुपर्छ । ’
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण