निगरानी गर्न पिताले छोरीको टाउकोमा सर्भिलियन्स क्यामरा जडान गरेपछि...
बुधबार, ०२ असोज २०८१, १४ : १२
इस्लामाबाद । पाकिस्तानमा एक पिताले आफ्नो छोरीको सुरक्षाका लागि भन्दै टाउकोमा सर्भिलियन्स क्यामरा लगाइदिएका छन् । छोरीको चियोचर्चा गर्न सजिलो होस् भनेर टाउकोमा सर्भिलियन्स क्यामरा राखिदिएको भिडियो माइक्रो ब्लगिङ वेबसाइट एक्समा भाइरल भइरहेको छ ।
छोरीको दिनभरिको गतिविधिमा निगरानी गर्न र उनी सकुशल छिन् भन्ने सुनिश्चित गर्न उनले यसो गरेको बताइएको छ । भिडियोमा युवतिको अन्तरवार्ता छ । हरियो सलले टाउको छोपेकी ती युवतिको टाउकोमा ब्याट्रीबाट चल्ने सर्भिलियन्स क्यामरा छ ।
उनको अनौठो हुलियाबारे प्रश्न गर्दा यो सबै पिताको आइडिया भएको उनले बताएकी छिन् । कराँचीमा एक युवतिको भयानक मृत्यु पछि पिता आफ्नो सुरक्षाबारे चिन्तित बनेर यो उपाय अपनाएको युवतिको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण