रुपकको निर्णायक गोलमा साविक विजेताको जित
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा वडा नम्बर १४ ले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । वडा नम्बर १४ प्रतियोगिताको साविक विजेता पनि हो ।
वडा नम्बर १४ ले वडा नम्बर १५ माथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । विजयी टोलीका लागि रुपक हमालले निर्णायक गोल गरेका थिए । सोही योगदानका लागि रुपक प्लेयर अफ दि म्याच पनि घोषित भए ।
लैनचौर फुटसल मैदानमा बुधबार नै भएका अन्य खेलमा वडा नम्बर ७, वडा नम्बर २० र वडा नम्बर १० ले पनि आ–आफ्नो खेल जितेका छन् । विजयी टोलीहरु प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी, वडा नम्बर ७ ले वडा नम्बर ३ लाई ७–० गोलको फराकिलो अन्तरले हरायो । विजयी टोलीका लागि सुजन महर्जन एक्लैले चार गोल गरे । प्रज्ज्वल भट्टले दुई र अनुराग श्रेष्ठले एक गोल गरेका थिए । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी, वडा नम्बर २० ले वडा नम्बर २९ लाई २–० गोलले पराजित गर्यो । वडा नम्बर २० का लागि दुवै गोल युनिक मान डंगोलले गरे । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।
अर्को खेलमा इम्रोज श्रेष्ठको गोलको मद्दतमा वडा नम्बर १० ले वडा नम्बर २ लाई १–० गोलले निराश बनायो । इम्रोज प्लेयर अफ दि म्याच पनि घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण