२ करोड २५ लाख र १ करोड ८५ लाख मूल्य पर्ने गाडी बुकिङ खुला
काठमाडौँ । भीजी इम्पेक्स (जीडब्लूएम नेपाल)ले आफ्नो बहुप्रतीक्षित ट्यांक सिरिजअन्तर्गतको ट्यांक ३०० र ट्यांक ५०० गाडीको बुकिङ खुला भएको घोषणा गरेको छ। ट्यांक ५०० सात सिटर र ट्यांक ३०० पाँच सिटर भएको र सो दुवै गाडीमा एचईभी प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा Chengdu Auto Show मा डेब्यु गरेको थियो भने चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। यसको विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.०एल टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध रहेको जनाइएको छ भने जसमा ९-स्पीड स्वचालित ट्रान्समिसन छ । यसैगरी यी मोडलहरूले २५८KW पिक पावर र ६४८nm टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। ट्यांक ३०० को मूल्य एक करोड पचासी लाख र ट्यांक ५०० को मूल्य दुई करोड पच्चीस लाख तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण