संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् । बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवं राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केबल सत्ता मात्रै नभएको प्रस्ट पारे । ‘दुईवटा ठुला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउन एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबिच नै प्रतिस्पर्धा हुन्छ, संविधान संशोधन गर्नु पर्ने छ । कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन,’ उनले भने, ‘नेकपा माओवादी, राप्रपा, रास्वपालगायतका दलहरूसमेत एक ठाउँमा आउन जरुरी छ ।’
उनले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नु पर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण