संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको छ : प्रदेश प्रमुख देवकोटा
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात् गरेको बताएका छन् । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको उनले बताए ।
संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले इतिहासमा पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले संविधानसभामार्फत जारी भएको संविधान आफैँमा उत्कृष्ट रहेको बताए । जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा संविधानको मुख्य विशेषता रहेको उनको भनाई छ ।
‘संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको छ । जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ’ उनले भने, ‘संविधानले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्रताको विशेषता बोकेको छ । विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धनमा संविधानले जोड दिएको छ ।’
लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानले मार्गदर्शन गरेको उनले बताए । संविधानको मर्म र भावनालाई अक्षरशः पालना गरेमा देश समृद्धितर्फ द्रुत गतिमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज यो संविधान नेपाली जनभावना र मर्म सापेक्ष रहेको उनले बताए ।
‘संविधानले निदृष्ट गरेका पक्षहरूलाई कार्यान्वयन गर्दै अघि बढ्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । कार्यान्वयनको इमानदारितामा सबै पक्षको उचित पहल अनिवार्य छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण