भारतमा सामसङका सयौँ कामदार धर्नामा
नयाँ दिल्ली । भारतमा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङका सयौँ कामदार धर्नामा बसेका छन् । भारतको दक्षिण राज्य तमिल नाडुमा चेन्नईमा रहेको कारखानामा काम गर्ने झन्डै १ हजार ५०० कर्मचारीले विगत ११ दिनदेखि धर्ना दिइरहेका छन् ।
भारतमा सामसङका २ कारखाना छन् । यी दुई कारखानामा करिब २ हजार कर्मचारी काम गर्छन् । धर्ना कारखाना नजिकैको जमिनमा भइरहेको छ ।
आफूहरूले भर्खरै गठन गरेको कर्मचारी सङ्गठन सामसङ इन्डिया लेबर वेलफेयर युनियनलाई मान्यता दिइनु पर्ने भन्दै कामदारहरू हडतालमा उत्रिएका हुन् । कर्मचारी सङ्गठनले मात्रै तलब सम्बन्धी वार्ता र काम गर्ने समयबारे व्यवस्थापन समूहसँगको मोलमाेलाईमा सघाउन सक्ने कर्मचारीहरूको भनाइ छ ।
यो सामसङमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो हडताल हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा विदेशी लगानी गर्न फकाइरहेको समयमा यो धर्ना भएको हो ।
आफ्ना कर्मचारीको समृद्धि नै शीर्ष प्राथमिकता भएको सामसङ इन्डियाले एक विज्ञप्ति जारी गर्दै भनेको छ । चेन्नई स्थित कारखानामा धर्नामा बसेका कर्मचारीहरूको समस्या छिटो भन्दा छिटो समाधान गर्न छलफल सुरु गरिने विज्ञप्तिमा भनिएको छ । अनुमति नलिईकन र्याली गरेको भन्दै प्रहरीले केही घण्टा अघि १०४ जना कर्मचारीलाई समातेको थियो । आफ्नो माग पूरा नभएसम्म धर्नामा बसिरहने कर्मचारीहरूको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण