मिसिगन र पेन्सिल्भेनियामा ह्यारिस अगाडि

वाशिङटन डीसी । अमेरिकाको मिसिगन र पेन्सिल्भेनिया राज्यहरूमा राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिस डोनाल्ड ट्रम्पभन्दा अगाडि आउने हालै भएको नयाँ सर्वेक्षणले देखाएको छ । तर विस्कन्सिनमा भने दुवैले स्पष्ट मत पाएनन् ।
तेस्रो दलका उम्मेदवार समेत समावेश गर्दा क्विनिपियाक विश्वविद्यालयले गरेको जनमत सर्वेक्षणका अनुसार ह्यारिसले पेन्सिल्भेनिया राज्यमा ५१ प्रतिशतको अग्रता लिएकी थिइन् भने ट्रम्पले ४५ प्रतिशत मत पाएका थिए ।
मिसिगनमा ह्यारिसलाई ५० प्रतिशतले समर्थन गर्दा ट्रम्पलाई समर्थन गर्नेको सङ्ख्या ४५ प्रतिशत थियो । विस्कन्सिनमा भने ह्यारिस र ट्रम्प क्रमशः ४८ प्रतिशत र ४७ प्रतिशतमा थिए । अर्थात् कसैको पनि स्पष्ट जित देखिएन ।
हरेक राज्यमा ट्रम्प र ह्यारिसबीच हेड–टू–हेड हेर्ला पनि यस्तै खालको नतिजा देखियो । सेप्टेम्बरमा अन्य समाचार संस्थाहरूले यी तीन राज्यमा गरेको जनमत सर्वेक्षणमा पनि कि त दुवै उम्मेदवारको स्पष्ट बहुमत नआएको वा ह्यारिस अगाडि रहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन
-
वज्रपात