मिसिगन र पेन्सिल्भेनियामा ह्यारिस अगाडि
वाशिङटन डीसी । अमेरिकाको मिसिगन र पेन्सिल्भेनिया राज्यहरूमा राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिस डोनाल्ड ट्रम्पभन्दा अगाडि आउने हालै भएको नयाँ सर्वेक्षणले देखाएको छ । तर विस्कन्सिनमा भने दुवैले स्पष्ट मत पाएनन् ।
तेस्रो दलका उम्मेदवार समेत समावेश गर्दा क्विनिपियाक विश्वविद्यालयले गरेको जनमत सर्वेक्षणका अनुसार ह्यारिसले पेन्सिल्भेनिया राज्यमा ५१ प्रतिशतको अग्रता लिएकी थिइन् भने ट्रम्पले ४५ प्रतिशत मत पाएका थिए ।
मिसिगनमा ह्यारिसलाई ५० प्रतिशतले समर्थन गर्दा ट्रम्पलाई समर्थन गर्नेको सङ्ख्या ४५ प्रतिशत थियो । विस्कन्सिनमा भने ह्यारिस र ट्रम्प क्रमशः ४८ प्रतिशत र ४७ प्रतिशतमा थिए । अर्थात् कसैको पनि स्पष्ट जित देखिएन ।
हरेक राज्यमा ट्रम्प र ह्यारिसबीच हेड–टू–हेड हेर्ला पनि यस्तै खालको नतिजा देखियो । सेप्टेम्बरमा अन्य समाचार संस्थाहरूले यी तीन राज्यमा गरेको जनमत सर्वेक्षणमा पनि कि त दुवै उम्मेदवारको स्पष्ट बहुमत नआएको वा ह्यारिस अगाडि रहेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण