बागमती सरकारद्वारा पलेशालाई हेटौँडा नगर परिक्रमा
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई प्रदेश राजधानी परिक्रमा गराएको छ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशको व्यवस्थापनमा पदक विजेता पलेशालाई हेटौँडा परिक्रमा गराएको हो ।
प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा सहित नगद १० लाख रुपैयाँ नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर १० लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार पलेशासहित उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै १९ औँ एसियाली खेलकुदमा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिने मन्त्री महर्जनले बताए । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई कराँते मा रजत पदक दिलाएकी हुन् । यसअघि सविता राजभण्डारीले देशलाई रजत पदक दिलाएकी थिइन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औँ एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले पहिलो पटक रजत दिलाएकी थिइन् ।
प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराँते महासङ्घ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
_fQ3WCjTfmQ.jpg)
_6iAUIJKoIt.jpg)
_csbl4CvaIe.jpg)
_1YVatOVPXd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण