मदुरोको जित स्वीकार गर्न बाध्य बनाइयो : गोन्जालेज
कारकास । जुलाईमा भएको विवादास्पद निर्वाचनमा राष्ट्रपति निकोलास मुदुरोको जित स्विकार्न आफूलाई बाध्य पारिएको भेनेजुएलाको विपक्षी दलका उम्मेदवार एड्मन्डो गोन्जालेजले बताएका छन् ।
शरण खोजेर स्पेन जानुअघि आफूलाई यस्तो बाध्यतामा पारिएको उनले माइक्रो बलगिङ वेबसाइट एक्समा पोष्ट गरेको एउटा भिडियो सन्देशमा भनेका छन् ।
भेनेजुएलाको राजधानी कारकासमा रहेको स्पेनी दूतावासमा शरण लिनु अघि मदुरोका सहयोगीहरूले आफूलाई एउटा पत्रमा हस्ताक्षर गर्न बाध्य पारेको उनले भनेका छन् । आफूसामु पत्रमा हस्ताक्षर गर्न होइनन् भने सोको परिणाम भोग्न तयार रहनुपर्ने दुई विकल्प तेर्साइएको उनले बताए । घण्टौँसम्म आफूलाई जबरजस्ती, धम्की र दबाब दिएको उनको भनाइ छ ।
तर भेनेजुएलाको राष्ट्रिय सभाको प्रमुख र मदुरोको मुख्य सहयोगी जर्ज रोद्रिगेजले भने गोन्जालेजले आफ्नै इच्छाले सो पत्रमा हस्ताक्षर गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण