प्रदेश सरकारहरूले राजश्व संकलन नगरेसम्म प्रदेशको विकास हुँदैन : मुख्यमन्त्री सिंह
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारहरूले राजश्व संकलन नगरेसम्म प्रदेशको विकास सम्भव नरहेको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
मुख्यमन्त्री सिंहले संघीय सरकारले कुल बजेटको करिब १५ प्रतिशत बजेट सातै प्रदेशलाई बाँडफाँट गरेर दिने गरेको बताए । उनले यो बजेटबाट एउटा प्रदेशले २/३ प्रतिशत मात्रै रकम पाउने बताए । उनको प्रश्न छ,‘यो २/३ प्रतिशत बजेटले कसरी प्रदेशको विकास हुन्छ ? कसरी शिक्षा तथा स्वास्थ्यको अवस्था ठिक हुन्छ ? त्यसकारण प्रदेशको समग्र विकासका लागि पर्याप्त बजेट चाहिन्छ, जुन आफैँले राजश्व उठाए मात्र सम्भव छ ।’
मुख्यमन्त्री सिंहले हरेक प्रदेशले आफ्नो मातहत छुट्टै कर्मचारी र सुरक्षा निकाय राख्न नपाउँदासम्म सुशासन कायम हुन नसक्ने बताए ।
मधेस सरकारले पहिलो पटक विभिन्न कार्यक्रम गरी औपचारिक रूपमा संविधान दिवस मनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण