दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी
शुक्रबार, ०४ असोज २०८१, ११ : ३५
काठमाडौँ । दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो ।
त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा परेका ती युवा बझाङ घर भएका तिलक खड्का रहेका छन् । प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले दिएको जानकारी अनुसार खड्काबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण