जाउलाखेलमा कार्तिक ८ गतेदेखि फूल मेला आयोजना हुने
काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आगामी कार्तिक ८ देखि ११ गतेसम्म फूल मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको हो ।
मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने छ । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । यस्तै, गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क ३० हजार रहेको एसोसिएसनका महासचिव हिरामणि शर्माले बताए । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराइने बताइएको छ ।
साथै गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराइने छ । गोदावरी फूलको कट फ्लावर विधातर्फ गुणस्तरीय प्रतिस्पर्धाको आधारमा उत्कृष्ट हुने फार्मलाई पुरस्कृत गरिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण