संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरूले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताएका छन् । सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठुला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत थापाले आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हँगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने बित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए ।
उनले छानबिन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा प्रतिवेदनमाथि प्रश्न समेत गरे । ‘सहकारी ठगीको विषयमा ठुलो हो हल्ला भयो । छानबिनका लागि समिति गठन भयो । सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठुला नेताहरूको नाम आउन थाल्यो । त्यसपछि पहिले झैँ भ्रष्टाचारको काण्ड दबाएझैँ गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्,’ अध्यक्ष थापाले भने,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ । अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ । त्यो कस्तो प्रतिवेदन हो ? जसले जे पनि बोल्न मिल्ने । रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो । जब ठुला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाऊँ भाले भने जस्तै गरी फासफुस बनाउने काम भयो ।’
थापाले सरकारले र सत्तामा भएका दलहरूले ठुलो तामझामका साथ संविधान दिवस मनाएता पनि जनताको कुनै उत्साह नरहेको बताएका छन् । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन भन्ने प्रमाणित भएको बताए ।
संविधान संशोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने व्यवस्थाले मात्र मुलुकलाई जोगाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण